काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुने बताएका छन् ।
आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् । उनले भने, ‘विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिन भित्रमा किन र के कारण, के उदेश्यका लागी सरुवा गरिएको हो ? यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’
साथै उनले यो गठबन्धन कुन उदेश्यले बनेको हो भनेर समेत प्रश्न तेर्स्याएका छन् ।
उनले नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेराभित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताए ।
उनले मानव बेचबिखन र हातहतियार सम्बन्धि मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाए ।































प्रतिक्रिया