लिङ्गदेनको स्वास्थ्य अवस्था बुझ्न कमल थापा मेडिसिटीमा

लिङ्गदेनको स्वास्थ्य अवस्था बुझ्न कमल थापा मेडिसिटीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था बुझ्नका लागि अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् ।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बाँस्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारी गराएका थिए । अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएर छ । पुनः कोभिड परीक्षणको निमित्त स्वाव लिईसकिएको छ ।

अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिनु परेको छैन । अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृह जिल्ला मकवानपुर थिए । आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुगेको र पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

 

 

Logo