काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको दोहोर्याएका छन् । महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहालहरु कम्युनिष्ट हुनै नसक्ने तर्क गरे ।
आईतबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै उनले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप लगाए ।
कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको महासचिव बैद्यको भनाई छ । महासचिव बैद्यले वर्तमान सरकारले शोषित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावी गरे ।





























प्रतिक्रिया