काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौला केही दिन अघिमात्रै हेम्स अस्पतालबाट डिस्चार्ज भए । उनी केही दिनसम्म आइसियुमा बसेर घर फर्केका थिए । मुटु र मधुमेहको समस्यासँग जुधिरहेका सिटौला यसपटक रक्तचापको गडबडी तथा रगतमा हेमोग्बिनको कमीले अस्पताल भर्ना भएका थिए ।
कांग्रेस नेता सिटौला मात्र छैनन्, गम्भिर रोगी नेताहरुको सूचीमा । कुनैपनि पार्टीभित्र रोगी नेताको कमी छैन । आम नेताहरु ठूलो रोगसँग जुधेर बसेका छन् । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री समेत ठूलो रोगसँग लड्दै बसेका छन् । कुरा सुरु गरौं नेपाली कांग्रेसका नेताहरुको स्वास्थ्यस्थितिबाट । प्रधानमन्त्री केपी शर्मा ओली त अरुको मिर्गौलाले अहिलेसम्म बाँचिरहेका छन् । त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पन रोगी नै छन् ।
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पेटको समस्या छ । बरिष्ठ नेता रामचन्द्र पौडेल धेरै प्रकारका रोगसँगै लडिरहेका छन् । जस्तो उनलाई सबैभन्दा दुःख दिइरहेको रोग हो, पायल्स् । उनले यसको सल्यक्रिया समेत गरिसकेकाछन् तर निको भएको छैन । युरिक एसिड र मधुमेह उनका थप रोग हुन् । उनलाई क्रोनिक ग्यास्टाइटिक्स पनि छ । केही समयअघि देउवा र पौडेलले तातोपानी कुण्डमा गएर नुहाएका थिए । कांग्रेसमा देउवा, निधी र सिटौला मात्र होईनन्, अधिकांश नेता रोगी छन् ।
त्यस्तै नेकपा नेताहरु पनि रोगले ग्रसित छन् । २०४८ सालको चुनाबवाट विजयी भएर आउँदा तत्कालीन माले पार्टीका नेताहरु सवै युवा थिए । ऊ बेला ४० कटेका नेता कमै थिए । उनीहरुलाई इंगित गरेर नेपाली कांग्रेसका नेताहरु अल्लारेको पार्टी भन्थे, मालेलाई । तर आजका मितिमा आइपुग्दा मालेबाट नेकपा भएको पार्टीका ती नेताहरु सवै पाका भइसकेका छन् । र, बोकेका छन् रोगको भारी पनि ।
त्यस्तै मोहन बैध दम, रक्तचाप र आँखाको समस्यावाट पीडित छन् । स्वास्थ्यमन्त्री तथा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि निरोगी छैनन् । उनी पायल्स, ढाडको समस्या र उच्चरक्त चापबाट पीडित छन् । यस हिसावले भन्ने हो देश नै रोगी नेताहरुले चलाईरहेका छन् ।
थप भिडियोमा





























प्रतिक्रिया