हावाहुरी पीडितलाई भक्तपुरबाट चार लाख रुपैयाँ आर्थिक सहयोग

हावाहुरी पीडितलाई भक्तपुरबाट चार लाख रुपैयाँ आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । बारा र पर्साका हावाहुरी पीडितको भक्तपुरबाट ४ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । युवा संघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतको पहलमा भक्तपुरका व्यवसायीहरुले बाराका हावाहुरी पीडितलाई ४ लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

हावाहुरी प्रभावित क्षेत्र मध्ये बाराको पर्शुरामपुरमा आयोजित राहत वितरण कार्यक्रममा संघका अध्यक्ष रमेश पौडेल र वरिष्ठ उपाध्यक्ष किरण पौडेललाई उक्त रकम हस्तान्तरण गरिएको हो । भक्तपुरका स्थानीय व्यवसायीहरु राजेश चिकबन्जार, रोमन शिलाकार, निर्भय प्रशाई, पूर्ण लिम्बु, नुनम शुब्बा, प्रबिन कुश्मा, यादव राई लगायतबाट संकलित उक्त रकम भक्त कसुछ्वा र विज्ञान राईले हस्तान्तरण गरेका थिए ।

संकलित रकमबाट अत्यावश्यक बस्तुहरु खरिद गरी पीडित परिवारलाई वितरण गरिएको युवा संघ राहत तथा उद्वार समिति संयोजक किरण पौडेलले जानकारी दिए ।

भग्नावशेषको व्यवस्थापन गर्दै युवा संघका स्वयमसेवकहरु ।

उपाध्यक्ष पर्शुराम बस्नेतको अगुवाईमा प्रदेश नं. १ कमिटीले संकलन गरेको ७ लाख मुल्य बराबरको विबिभिन्न राहत सामग्री समेत वितरण गरिएको छ । त्यस्तै काठमाडौं, चितवन, नवलपुर, मकवानपुर लगायतका जिल्लाहरुबाट समेत राहत सामाग्री संकलन तथा वितरण भईरहेको उनले बताए ।

युवा नेपालका स्वयमसेवकहरु प्रभावित क्षेत्रमा गएर सरसफाई, भग्नावषेशको व्यवस्थापन र अस्थायी टहरा निर्माणमा जुटेको अध्यक्ष पौडेलले बताए ।

Logo