लक्ष्मी खतिवडाले पाइन् नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग प्रमुखकाे जिम्मेवारी

लक्ष्मी खतिवडाले पाइन् नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग प्रमुखकाे जिम्मेवारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा पार्टीको नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागको प्रमुखमा मनोनित भएकी छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम खतिवडालाई उक्त जिम्मेवारी तोकेका हुन् ।

उनको विभागका सदस्यहरु केही दिनपछि मनोनयन गरिनेछ ।

हक्की स्वभावकी खतिवडा कांग्रेसमा निकै सक्रिय नेतृका रुपमा चिनिन्छन् ।

नेपाल तरुण दल हुँदै तीन दशकदेखि काँग्रेसका विभिन्न संगठनमा रहेर काम गर्दै आएकी नेतृ खतिवडा सुनसरी जिल्लाकी स्थायी बासिन्दा हुन् । हक्की स्वभावकी उनी कांग्रेसमा निकै सक्रिय नेतृका रुपमा चिनिन्छन् । उनले जुन संगठनको जिम्मेवारी पाउँछिन् त्यसको कुशलतापूर्वक भूमिका निभाएको इतिहास छ । त्यसैले पनि सभापति देउवाले खतिवडालाई नै रोजेको अनुमान छ ।

खतिवडाले जुन संगठनको जिम्मेवारी पाउँछिन् त्यसको कुशलतापूर्वक भूमिका निभाएको इतिहास छ ।

सभापति देउवाले सोमबार नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागसहित राज्य प्रशासन विभाग, स्थानीय तह समन्वय विभाग, अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग, संघीय मामिला समन्वय विभाग, संसदीय मामिला विभाग लगायत ३७ वटा विभाग गठन गरेका थिए । उनले यति धेरै विभाग गठन गरेको पहिलोपटक हो । महाधिवेशन भएको छ महिनाभित्र सभापति देउवाले विभागलाई पूर्णता दिनुपर्ने भए पनि ढिला गरी विभाग प्रमुख तोकेका हुन्। यसअघि सभापति देउवाले १७ विभाग प्रमुख तोकेका थिए। कांग्रेसमा ७० विभाग छ। कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय कार्यसमिति छ।

Skip This
Skip This
Logo