बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । हावाहुरीले बढी असर गरेको क्षेत्र फेटा गाउँपालिका पुगेर निरिक्षण गरेका हुन् । उनले हावाहुरी प्रभावितहरुलाई भेट गर्दै नेपाली कांग्रेसको तर्फबाछ२५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
देउवाले वीरगंजको नारायणी अञ्चल अस्पताल पुगेर घाइतेहरुलाई भेटेका छन् । घाइतेहरुको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै चिकित्सक र स्वास्थ्यकर्मीहरु अझै केन्द्रबाट पठाउन सरकारसँग माग गरे । उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि जनाए ।
आइतबार राति आएका चक्रवातमा परी २९ जनाको मृत्यु भएको छ भने करीव ७ सय घाइते भएका छन् । गम्भीर ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।





























प्रतिक्रिया