कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन र आगामी निर्वाचनको रोडम्याप बनाउन डा. संग्रौलाको माग

कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन र आगामी निर्वाचनको रोडम्याप बनाउन डा. संग्रौलाको माग

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने हो भने त्यसका लागि स्पष्ट रोडम्याप र एजेण्डा तय गर्ने नेतृत्वलाई सुझाव दिएकी छिन् ।

सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा.संग्रौलाले भनिन्, ‘हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गरयौं, तर हाम्रो एजेन्डा के हो ? भिजन के हो ? देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन र सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु ।’

त्यस्तै उनले सरकार निरंकुश बन्छ कि भन्ने त्रास बढीरहेकाले कांग्रेस स्वयमले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताइन् । भ्रातृ संगठनहरुको अधिवेशन लामो समयदेखि हुन नसक्दा देशभर संगठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्काल अधिवेशन गराएर संगठनलाई चलायमान बनाउन उनले माग गरिन् ।

डा. संग्रौलाले नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्ने पनि बताइन । ‘संविधान संशोधन गर्न सामान्य प्रक्रियाले सम्भव नहुने भएकाले पहिले पुनरवलोकनका लागि विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय कार्यदल (टास्क फोर्स)बनाउन कांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ । समितिले तयार पारेको प्रतिबेदनमा दलहरु सहमत भएपछि संविधान संशोधनको प्रस्ताव विधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ । पुनरावलोकन गर्दापनि गाउँ गाउँ र दुरदराजसम्म पुगेर जनमत संकलन गर्न पनि म सुझाव दिन चाहन्छु,’ उनको भनाइ थियो ।

Skip This
Skip This
Logo