राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिक

राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

मकवानपुर।

राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिक गरेका छन् ।

राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा दलगत स्वार्थ भएको आरोप लगाए । उनले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गरे।

सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य विजय खड्का र केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकमा बढ्दै गइरहेको हत्या हिंसालाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानून ल्याउन नसकेको आरोप लगाए ।

Skip This
Skip This
Logo