प्रचण्डलाई जनार्दनकाे सुझाव- पार्टी नेतृत्व छाड्नुस्, युवालाई माैका दिनुस्

प्रचण्डलाई जनार्दनकाे सुझाव- पार्टी नेतृत्व छाड्नुस्, युवालाई माैका दिनुस्

केन्द्रबिन्दु
438
Shares

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन्।

काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी कमिटीको बैठकमा पार्टी शून्यतर्फ अभिमुख भएको निष्कर्षसहित १४ पृष्ठको धारणा पेस गरेका उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई उक्त सुझाव दिएका हुन् । चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने वा तेश्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न उनको सुझाव छ ।

नेतृत्व छाडेपछि अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्न सक्ने उनको सुझाव छ।

यतिमात्र होइन उपमहासचिव शर्माले प्रचण्डका कार्यशैलीप्रति प्रश्नहरु पनि खडा गरेका छन्। उनले संगठन निर्माणका लागि प्राथमिक विषयमा अहिलेको राजनीतिक उथलपुथल र संघदेखि सबै प्रदेश सरकारबाट माओवादी बाहिनुको जिम्मेवार को हो भन्ने प्रश्न उठाएका छन्। गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउनेजस्ता क्रियाकलापले गर्दा पार्टीलाई पुर्‍याएको लाभहानीबारे पनि मूल्यांकन गरिनुपर्ने उनको माग छ।

Skip This
Skip This
Logo