प्रधानमन्त्रीको दुई दिन: हाटबजार उद्घाटनदेखि वडा कमिटीको सपथसम्म

प्रधानमन्त्रीको दुई दिन: हाटबजार उद्घाटनदेखि वडा कमिटीको सपथसम्म

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली अबको दुई दिन काठमाडौँ बाहिर रहने भएका छन्। आइतबार र सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आज काठमाडौंबाट विराटनगर जाँदैछन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै मदन भण्डारी स्मृति प्रतिष्ठान अन्तरगत इन्जिनियरिङ कलेजको समेत उदघाटन गर्ने कार्यक्रम छ ।

यसैगरी आजै ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिसरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक/प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गरेर आजै मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले  गौरादह र दमक  नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्नेछन् ।

आजका यी कार्यक्रम सकेर प्रधानमन्त्री ओली आजै गृह जिल्ला झापा जानेछन् र बास बस्नेछन् ।

यसैगरी भोलि (चैत १८ गते) बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा  प्रधानमन्त्री ओली सहभागी हुने छन् । त्यसपछि दमकमै निर्माण गरिएको पशुपंक्षी हाट बजार उद्घाटन गर्ने कार्यतालिका छ।

त्यस्तै दिउँसो साढे १२ बजे भारतीय  राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित चौन माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

दुई दिनका यी कार्यक्रमहरु सकाएर प्रधानमन्त्री ओली सोमबार भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Logo