केपी ओली इतिहासकै कुपात्र हुन्ः पम्फा भुसाल

केपी ओली इतिहासकै कुपात्र हुन्ः पम्फा भुसाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै कुपात्रको संज्ञा दिएकी छिन् । प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार नेकपा प्रचण्ड–नेपाल समूहले माइतीघर मण्डलामा आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले प्रजातान्त्रिक व्यवस्थालाई नै खलल पार्ने काम गरेको आरोप लगाएकी हुन् ।

उनले भनिन्, “प्रधानमन्त्रीबाटै दशौं हजार शहीदको बलिदानको कदर हुन सकेन, तसर्थ हामी सडकमा आउनु परेको हो ।” आफूहरुबाट प्रधानमन्त्रीलाई प्रतिगमनमा परास्त गर्न समय नलाग्ने समेत उनको दावी छ ।

धर्नामा नेकपाका नेता सांसद सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली झ्यालको बाटो छिरेर भिरको बाटो हिँडेको आरोप लगाए । आफूहरुले गरेको आन्दोलनलाई उनले आधुनिक महाभारतका रुपमा समेत इंकित गरेका छन् । उनले भने, “ओली अब कम्यूनिष्ट रहेनन् । नत्र मठमन्दिर गएर पाप धुने काम किन गर्थे ?”

प्रधानमन्त्री ओली राजावादीको बाटोमा हिँडेको आरोप समेत उनको छ । सो अवसरमा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल लगायत नेताहरु नारायणकाजी श्रेष्ठ , अष्टलक्ष्मी शाक्य लगायतको सहभागीता थियो ।

Skip This
Skip This
Logo