प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र र राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।

पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेस गर्नेछन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।

आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।

Skip This
Skip This
Logo