‘सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं’ -प्रधानमन्त्री ओली

‘सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं’ -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताए । उनले भने, ‘देश र जनातालाई सर्वपरी राखेर देश र जनताको हितहरुप्रति सर्मपित भएर लोकतन्त्रका मूल्यमान्यताहरुलाई जीवन पद्दतिको रुपमा अवलम्वन गरेर शुसाशनका निम्ती भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौं ।’

साथै उनले लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा अवलम्वन गर्न कसैको फरक मत नरहने उल्लेख गरे । उनले लोकतन्त्रका विरुद्धमा केही प्रवृतिहरु देखा पर्न गएको समेत बताए ।

Skip This
Skip This
Logo