प्रचण्ड भन्छन्, ‘अमेरिकामा नेपालीले नै हेपे’ (भिडियोमा)

प्रचण्ड भन्छन्, ‘अमेरिकामा नेपालीले नै हेपे’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकामा रहेका केही नेपालीहरुले नेपाल र नेपाली नेतृत्वलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताएका छन् ।

पत्नी सिता दाहालको स्वास्थ्य उपचार गरी अमेरिकाबाट बिहीबार अपरान्ह स्वदेश फर्केका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई बदनाम गर्ने तथा नेपालका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका उच्च नेतृत्वप्रति नकारात्मक दृष्टिकोणले हेर्ने केही नेपालीहरु रहेको टिप्पणी गरे ।

उनले आफूमाथि पनि मेरिल्याण्ड अदालतमा उजुरी परेपनि त्यस्तो कुनै अप्रिय हर्कत नभएको र त्यहाँस्थित नेपाली दुतावासले त्यसो हुन नदिन व्यवस्थित योजना बनाएको बताए । अध्यक्ष दाहालले पत्नी दाहालको अमेरिकाको तीन वटा अस्पतालमा उपचार गरिएको र त्यहाँबाट दिएको औषधीले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताए ।

त्यसका अतिरिक्त अमेरिकास्थित पार्टीका नेता, कार्यकर्ता र त्यहाँस्थित नेपाली बुद्धिजीविहरुसँग पनि नेपालको समृद्धिका लागि आवश्यक छलफल गरिएको बताए ।

 

Skip This
Skip This
Logo