काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक केही बेर अघि सकिएको हो ।
मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गर्दैछ । आजको बैठकमा सो कार्यक्रमको विषयमा छलफल भएको बताइएको छ ।
यस्तै बैठकमा मोरङमा बर्बर ढंगले गरिएको शिक्षक हत्याको विरोध गरिएको छ । दोषीलाई कडा कार्वाही गर्न माग गरिएको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । साथै व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन बैठकले विद्रोही पक्षलाई आग्रह गरेको पनि उनले बताए । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै शर्माले लेखेका छन् :
पूर्व पदाधिकारी सहितको बैठक सम्पन्न
मंसिर २९ मा ७७ जिल्लाको प्रदर्शनमा सहभागिताका लागि अपील । मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध, कडा कार्वाही माग । ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह । क्रियाशिल सदस्य एवं जनसम्पर्क समिति बारे जरुरी छलफल ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रर्दशन गर्न लागेको हो ।





























प्रतिक्रिया