प्रदीप गिरि कर्मठ र इमान्दार राजनीतिज्ञ हुनुहुन्थ्योः शक्तिबहादुर बस्नेत

प्रदीप गिरि कर्मठ र इमान्दार राजनीतिज्ञ हुनुहुन्थ्योः शक्तिबहादुर बस्नेत

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले प्रदीप गिरि समाजवादी चिन्तकको रुपमा चिनिएका नेता भएको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसकानेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले प्रदीप गिरि कर्मठ, इमान्दार राजनीतिज्ञको छवी बनाउन सफल नेता भएको बताएका हुन् । उनले भने, ‘उनमा भएको एउटा चिन्तनशीलता, विचार, प्रवृत्ति महत्वपूर्ण छ । त्यसैले उहाँ एक समाजवादी चिन्तक, सादगी, चिन्तनशील राजनीतिज्ञ र कर्मठ एवम इमान्दार राजनीतिज्ञको रुपमा आफूलाई स्थापित गर्नुभएको छ ।’

साथै उनले नेपाली समाजले अझै स्व.प्रदीप गिरिको आश्यक्तालाई बढी महसुश गरिरहेको बताए । उनले गिरि पार्टी भित्र मात्र नभइ हरेक नागरिक समाज लागि उत्तिकै प्रिय भएको बताए ।

उनले भने, ‘एउटा पार्टीको सीमाभित्र मात्र होइन् पार्टी बाहिर पनि आन्दोलनका सबै अभियन्ताहरुको सम्मान, आस्था र विश्वासको प्रतिकको रुपमा आफूलाई स्थापित गराउनुभयो । उहाँ कांग्रेसभित्र त प्रिय हुनुहुन्थ्यो नै तर समाजवादी एवम लोकतान्त्रिक आन्दोलन भित्र, राजनीतिक पार्टीभित्र र नागरिक समाज सबैको लागि उत्तिकै प्रिय हुनुहुन्थ्यो ।’

Logo