पूर्व उप-सभामुख तथा प्राकृतिक स्रोत साधन समितिका सभापति पूर्णकुमारी सुबेदी बेलायत प्रस्थान गरेकी छन्। बेलायतको विल्टन पार्कद्वारा आयोजित ग्रिन संसदमा भाग लिन ५ सदस्यीय टोलीको नेतृत्व गर्दै सुबेदी बेलायत प्रस्थान गरेकी हुन्।
टोलीमा पूर्व ऊर्जामन्त्री राधा ज्ञवाली, सांसद घनश्याम खतिवडा, राज बहादुर बुढा र समितिका सचिव उदय भण्डारी रहेका छन्। बैठकमा एसिया र युरोपबीचको कनेक्टिभिटी, हाइड्रोपावर, वनजंगल, जलबायु परिवर्तन लगायतका बिषयमा छलफल हुने सांसद घनश्याम खतिवडाले जानकारी दिए । ७ दिनसम्म चल्ने बैठकले ‘विल्टन पार्क प्रतिवेदन’ तयार पार्नेछ ।































प्रतिक्रिया