काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बेल्दै सांसद सिंहले दुई ठुला दलले त्रिभुवन विश्वविद्यालयलाई कव्जा गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘पढे लेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुई वटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु दुई वटा दलले आधा आधा सम्पति बाटौं र पार्टी अफीस बनाऔं । आधा कांग्रेस बाटौं आधा एमाले किनकी विद्यार्थी सबैलाई विदेश लखेटेकै हो यसै मौकामा दुई दलको सरकार छ जुन त्रिभुवन विश्वविद्यालयको ठुलो जग्गा छ त्यो आफ्नो पार्टीको नाममा दर्ता गर्नुस् ।’
साथै उनले देश जनताको नभएर दलको भएको जिकिर गरे । उनले भ्रष्टाचारको मुद्धामा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याउन खोजेको पनि आरोप लगाए ।
प्रतिक्रिया