प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव)लाई जसरी भए पनि राजनीतिको मूलधारमा ल्याउने बताएका छन् ।
सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीलेविप्लव सहज रुपमा नआए जेलमा बसाएर भए पनि राजनीतिको मूलधारमा ल्याउने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको समूहलाई राजनीतिक मुलधारमा ल्याउन कानूनी कारबाहीको बाटो अवलम्बन गर्ने पनि बताए । ‘सहज रुपमा आउनुहुन्छ भने आउनुहुन्छ, होइन भने जेलमा बसेर आउनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जेलमा बसाएर भए पनि हामी मूलधारमा ल्याउँछौ ।’
प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै नेता मार्न पठाउनेहरुलाई छूट दिन नसकिने पनि बताए । ‘फलाने नेता मार्न भनेर मानिसहरु पठाउनेलाई सहज रुपमा छूट दिन सकिदैन,’ ओलीले भने ।





























प्रतिक्रिया