सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वार्तामा आउन आग्रह गरेको छ।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार वार्ता गर्न सधैँ तयार रहेको तर वार्ताका नाममा विप्लव समूहलाई थप मजबुद हुने समय भने नदिने बताएका हुन।
नेपाल बुद्ध जन्मेको देश हो भन्दै बास्कोटाले यदि शान्तिपूर्ण राजनीतिमा नआए ‘भीरबाट खस्न लागेको गोरुजस्तो सबैले रामराम भन्ने तर कसैले काँध नथाप्ने’ परिस्थितिको सिर्जना हुने बताए । समाजले स्वीकार गर्न नसक्ने खालका विषय छोडेर आउँदा विप्लव सानो नहुने भन्दै मन्त्री बाँस्कोटाले संवादका लागि सरकार तयार रहेको बताए।
यसैबीच सरकारले रेल खरिदका लागि ६४ करोड ४५ लाख बजेट छुट्याइएको छ। जयनगर–जनकपुर–बर्दिवास रुटका लागि नेपालको आफ्नै रेल खरिद गर्न हो। सञ्चारमन्त्री गोकुल बास्कोटाले रेल किन्न प्रारम्भिक बजेट विनियोजन गरिएको बताए।
त्यस्तै मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ।
यी हुन् मन्त्रिपरिषदका निर्णयहरु































प्रतिक्रिया