विश्वप्रकाशले भने- प्रधानमन्त्री पद त्याग्नुस्, देउवाले भने- अविश्वास प्रस्ताव ल्याउनुस्

विश्वप्रकाशले भने- प्रधानमन्त्री पद त्याग्नुस्, देउवाले भने- अविश्वास प्रस्ताव ल्याउनुस्

केन्द्रबिन्दु
2.4k
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई आगामी सरकारको नेतृत्वमा दोस्रो तहका नेताहरुलाई अघि सार्न सुझाव दिएका छन् ।

आइतबार सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री शर्माले भनेका थिए, ‘जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस् । ०८३ को असारसम्म केपी ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यसपछि तपाईंले पार्टीका नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का जसलाई छान्नुहोला, छान्नुहोस् ।’

तर, सभापति देउवा यो कुरा मान्न आफू तयार भएनन् । बरु आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए । ‘तपाईंले भनेर मैले प्रधानमन्त्री त्याग गर्ने हो र?’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंलाई छोड्न मन छैन भने, तपाईं छाड्नुहुन्छ ? यस्तो कुरा नगर्नुस् । अविश्वास प्रस्ताव ल्याएर हटाउनुस् ।’

Logo