काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गर्ने लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै मेयर शाहले भनेका छन्, ‘सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’
सांसद शर्माले नाबालिकालाई घरेलु कामदारको नाममा दैनिक रूपमा कुटपिट गर्दै आएको र अदालतले पनि मुद्दा चलाउ भनेर भनिसकेको अवस्थामा सरकारले कुनै वास्ता नगरेपछि मेयर बालेनले आज प्रधानमन्त्रीमाथि नै आक्रोश पोखेका हुन् ।
नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको छ ।































प्रतिक्रिया