एमबीबीएसको प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन

एमबीबीएसको प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याएर अगाडि बढ्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले नतिजामा देखिएको त्रुटि सम्बन्धमा १० दिनभित्र छानबिन गरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिन सम्बन्धी प्रतिवेदन समिति समक्ष पेश गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

उनले भने, ‘आम नागरिकहरूको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भीर विषयमा तथा विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षा सम्बन्धी एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा यस पटक देखिएको कमजोरी के कारणले भएको हो ? सो सम्बन्धमा १० दिनभित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन र त्यसको आधारमा आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिन सम्बन्धी प्रतिवेदन समिति समक्ष पेश गर्न यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन गर्दछ ।’

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले गम्भीर त्रुटि गरेको भन्दै त्यसलाई छानबिन गरेर अघि बढ्ने बताएकी थिइन् ।

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रूपमा हटाउनुपर्ने बताएका छन् । उनले संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्ण रुपमा हटाउनुपर्ने भन्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्र होइन, प्राधिकरण हुनुपर्नेमा जोड दिएका थिए ।

Skip This
Skip This
Logo