पलेशालाई कांग्रेसले पाँच लाख रुपैयाँसहित गर्‍यो सम्मान

पलेशालाई कांग्रेसले पाँच लाख रुपैयाँसहित गर्‍यो सम्मान

केन्द्रबिन्दु
99
Shares

नेपाली कांग्रेसले पेरिस प्यारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गरेका हुन्। पेरिस पारा ओलम्पिक–२०२४ अन्तर्गत भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन्।

२१ वर्षीय पलेशा हाल चीनमा आर्किटेक्चर अध्ययन गरिरहेकी छिन्। नेपालको छ दशक लामो ओलिम्पिक्स इतिहासमा पहिलो पटक पदक हासिल गरेकी पलेशालाई सरकारले कर नकटाई रु ६५ लाख दिने प्रतिबद्धता व्यक्त गरेको छ। त्यसका अतिरिक्त विभिन्न निकायले समेत उनलाई पुरस्कार दिने घोषणा गरेका छन्।

Logo