नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छः सभापति देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छः सभापति देउवा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको काश्य पदकले देश कै इज्जत बढेको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले काश्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामि दिनको सफलताको लागि शुभकामना दिएका हुन् ।

उनले भने,‘नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडि अझ बढी उत्साहित हुन्, अझ बढि तपाईंलाईसफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।’

सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिए ।

Skip This
Skip This
Logo