नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् ।
प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताएका हुन्। देउवाले हत्या हिंसा छोडेर वार्तामा आउन विप्लवलाई आग्रह पनि गरे।
कार्यक्रममा बोल्दै देउवाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने विषयमा संविधानमा जुन व्यवस्था छ त्यसैलाई कांग्रेसले मान्ने बताएका छन् ।





























प्रतिक्रिया