कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा अगाडि आमरण अनशन सुरु गरेका छन् । वर्तमान सरकारले आफ्नो मागलाई बेवास्ता गरेको भन्दै कार्कीले मंगलबार दिउँसो ४ बजेदेखि अनशन सुरु गरेका हुन् ।
१० वर्षमुनिका बालबालिकाकाका लागि सेवासहित निःशुल्क उपचार, बजेटमा २५ लाख रुपैयाँभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दूध निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति‚ डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति तथा जनावरमैत्री जंगल कार्यक्रम वर्तमान सरकारले कटौती गरेको पूर्वमुख्यमन्त्री कार्कीको आरोप छ।





























प्रतिक्रिया