काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । शुक्रबार विहान ललितपुरबाट स्वाभिमान यात्रा सुरु गरी भक्तपुर पुगेको थियो ।

यात्रा भक्तपुरबाट काठमाडौं फर्किएर विभिन्न स्थान हुँदै डिल्लीबजारबाट कलशयात्रासहित भृकुटी मण्डपमा पुगी सभामा परिणत भएको हो ।

ताप्लेजुङबाट सुरु भएको १५ दिने यात्रा विभिन्न जिल्ला हुँदै काठमाडौं आइपुगेपछि आज प्रदर्शनसहित समापन गरिएको हो । सभामा अध्यक्ष कमल थापा, नेताहरू दीपक बोहरा बुद्दिमान तामाङ लगायतले सम्बोधन गरेका छन् ।

सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् । काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ ।

‘जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्छु ।’ उनले भने ।

Logo