उपसभामुखलाई हटाउन खोजे माओवादी केन्द्रले प्रतिवाद गर्ने

उपसभामुखलाई हटाउन खोजे माओवादी केन्द्रले प्रतिवाद गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ। तर अहिले जसरी आयो त्यो बेठिक छ। त्यसैले उपसभामुखलाई हटाउने कुरा आयो भने प्रतिवाद गर्ने छौं।’

उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणले मुलुकको शिर झुकाएको भन्दै सत्ता पक्ष हटाउने तयारीमा जुटेको छ । उनलाई पदीय आचरण अनुरुप कार्य नगरेको भन्दै पदमुक्त गराउने तयारीका साथ दुई तिहाइ सांसदको संख्या पुर्‍याउन हस्ताक्षर नै संकलन भइरहेको छ । जसको प्रतिपक्षी दल रास्वपाले विरोध गरिरहेको छ ।

Skip This
Skip This
Logo