काठमाडौँ । हिंसा’ शब्दमा नेकपा एमाले र माओवादी केन्द्र फेरि आमनेसामने भएका छन् । गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसद्को विशेष समयमा बोल्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओवादी केन्द्रले त्यो शब्द रेकर्डबाट हटाउन माग गरेको थियो ।
तर, सभामुख देवराज घिमिरेले बुधबार एकाएक बैठकमा ‘हिंसा’ भन्ने शब्द असंसदीय नरहेको र रेकर्डबाट हटाउन नपर्ने भनेर सचिवालयको निर्णय सुनाएपछि माओवादी बिच्किएको छ । जनयुद्धलाई होच्याइएको भन्दै माओवादी केन्द्रले हिंसा शब्द नहटाएसम्म संसद् अवरोध गर्ने निर्णय नै गरेको छ । हिंसा शब्दबारे के भन्छन् जनता ? हेर्नुहोस् भिडियो ।





























प्रतिक्रिया