काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा गरेको छ । परियारलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको हो । उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईँलाई काजमा ल्याइएको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले अवधि नपुग्दै उनको सरुवा गरेको हो ।
उनी ८ महिनाअघि काठमाडौँ महानगरमा सरुवा भएर आएका थिए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा २ वर्षसम्म एउटा कार्यालयमा काम गर्न दिइने अभ्यास भए पनि युवा र कार्यक्षमतामा अब्बल मानिएका सहसचिव परियारको सरुवालाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया