सरकारले सिके राउतसंग गरेको ११ बुँदे सम्झौताको प्रति जलाईएको छ। काठमाडौँको माइतीघरमा भेला भएका “स्वतन्त्र राष्ट्रिय अभियान”का अभियन्ताहरुले सम्झौताको प्रति जलाएका हुन्।
सरकारले पृथकतावादी खुला गतिविधिलाई मान्यता दिने गरि सम्झौता गरेकाले सम्झौताको राप्ती जलाउनु परेको अभियन्ताहरुले बताएका छन्। उनीहरुले उक्त सम्झौता तत्काल खारेज गर्न पनि माग गरेका छन्।
यसैबीच नागरिक अगुवाहरुले सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गरेका छन् । राउतसँग गरिएको सम्झौतालाई ‘अपराजधजन्य सहमति’ भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रहरीले मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीसहितका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।


































प्रतिक्रिया