सरकारले सीके राउतसँग गरेको सहमतिका बिषयमा सत्तारुढ दल नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर जवाफ फर्काएका छन्।
नेता रावलले ट्वीट गर्दै नेपाल आमालाई गालीगलौज गर्दै टुक्रयाउन मधेशीहरुसंग समेत साँठगाँठ गर्ने सिके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिनु नै गलत भएको बताएका छन्। उनले आफबिरुद्ध गरिएको कुप्रचारको थोत्रो बर्कोले छोपिन नसक्ने भन्दै टिप्पणी गरेका छन्।
‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’ उनकोट्वीटमा उल्लेख छ।
रावलले राउतसंगको सहमतिप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएका छन् । प्रधानमन्त्री ओलीले ‘पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तै भुटभुटिएका’ भन्दै अभिव्यक्ति दिएका थिए।
नेकपाकै सांसद महेश बस्नेतले पनि नेता रावललाइ सिटामोल खाएर निको हुन् आग्रह गरेका थिए। उनले सरकार र सीके राउतसँग भएको सहमतिको डलर खेतीगर्ने र सेलिब्रेटी राष्ट्रवादीहरुले मात्रै विरोध गरेको भन्दै सरकारको निर्णयको बचाउ गरेका थिए ।
यो पनि





























प्रतिक्रिया