अर्थ तथा विकास समिति सदस्यमा दीपक मनाङे नियुक्त

अर्थ तथा विकास समिति सदस्यमा दीपक मनाङे नियुक्त

केन्द्रबिन्दु
0
Shares

दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समिति सदस्य बनेका छन् । मनाङेलाई गण्डकी प्रदेशसभाले १३ सदयस्यीय अर्थ तथा विकास समितिको खाली रहेको एक सदस्यमा नियुक्त गरेको हो।

दिपक कोइराला सभापति रहेको यो समितिले विकास निर्माणको कामको अनुगमन र सरकारलाई निर्देशन दिने गर्छ।  विभिन्न विवादित मुद्दामा मुछिएका उनले निर्वाचित भएको झन्डै १४ महिनापछि प्रदेशसभा सदस्यकाे शपथ लिएका थिए ।

उनी मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भएका थिए।

Logo