काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।
संविधान दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले संविधानबारे विभिन्न कोणबाट भइरहेका बहसमा सहभागी हुन सम्बद्ध सबैलाई आग्रह गरेका हुन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनताबाट भएको योगदानको स्मरण गर्दै सन्देशमा उनले हाम्रोजस्तो सानो मुलुकमा तीन तहका सरकार र यति धेरै सङ्ख्यामा स्थानीय तह आवश्यक पर्ने वा नपर्नेबारे बहस गर्न आवश्यक भएको बताएका छन् ।





























प्रतिक्रिया