जनअभिमत शब्दको बारेमा सरकारको धारणा चाहियो- कमल थापा

जनअभिमत शब्दको बारेमा सरकारको धारणा चाहियो- कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश टुक्र्याउने विखन्डनकारी तत्वको जन्म भएको बताएका छन् ।

मिडिया नेपाल कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद रहेको बताएका हुन् । गृहमन्त्री रामबहादुर थापा र सीके राउतले हस्ताक्षर गरेको सहमतिमा राष्ट्र विखण्डनको विषयलाई जनताको अभिमतबाट सम्बोधन गर्ने कुरा उल्लेख गरिएकाले त्यो कदापी स्वीकार्य नहुने उनको भनाइ छ ।

अध्यक्ष थापाले सम्झौतापत्रमा सीके राउतले प्रष्ट भाषामा राष्ट्रिय अखण्डताप्रति प्रतिबद्धता नगर्नु, विगतमा देश टुक्र्याउने अभिव्यक्ति दिएको विषयमा पश्चाताप नगर्नु र आफ्ना मागलाई जनमतबाट टुंग्याउने सहमति भएको छ भन्नुले आशंका बढाएको बताए ।

सरकारले जनअभिमतबाट टुंग्याउने भन्ने शब्दका बारेमा धारणा सार्वजनिक नगरे राप्रपाले देशभर नै आन्दोलन चर्काउने चेतावनी पनि दिए ।

Skip This
Skip This
Logo