काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मूल धारको राजनीतिमा आएको सीके राउतको प्रशंसा गरेका छन् । प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने स्वतन्त्र मधेश गठबन्धनका नेता राउतको सो असाधारण निर्णय क्षमता यस अघि पुष्पकमल दाहालले मात्रै देखाएको बताए ।
सरकार र राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार काठमाडौंमा आयोजित ११ बुँदे सहमति घोषणा कार्यक्रममा बोल्दै उनले दाहालले हतियारको राजनीति गरिरहेको तत्कालीन माओवादीलाई मूल धारको राजनीतिमा ल्याउने, संविधान निर्माण गर्ने लगायतका आधारण कामको नेतृत्व लिएको पनि स्मरण गरे ।
प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लुटेरा समूहको संज्ञा दिए । मुलुकमा लुट मच्चाईरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई आफ्नो नाम ‘लुटेरा समूह’ राख्न पनि सुझाव दिए । सरकारले मुलुकको शान्ति सुरक्षाको लागि लुटपाटमा संलग्नहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिए ।





























प्रतिक्रिया