बाबुरामले भने, ‘द्धन्द्धकालको रिस बाँकी छ भने मलाई दण्ड दिनुहोस’ (भिडियोमा)

बाबुरामले भने, ‘द्धन्द्धकालको रिस बाँकी छ भने मलाई दण्ड दिनुहोस’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल द्धन्द्ध व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका डा. भट्टराईले द्धन्द्ध व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताएका हुन् ।

क्षमा गर र भुल भन्ने नीतिका साथ द्धन्द्धको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्धन्द्ध व्यवस्थापनका क्रममा आफु दण्डित हुन पनि तयार रहेको बताए । उनले भने, “साँच्ची नै साथीहरुलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु । ”

द्धन्द्ध व्यवस्थापन समयमै हुन नसक्दा विकास र शान्तिको बाटोमा अवरोध श्रृजना भएको भन्दै उनले समयमै द्धन्द्ध व्यवस्थापन गर्नुपर्ने जोड दिए । उनले बिप्लब लगायत तराईका असन्तुष्ठ समुहसँग छलफल गरि समयमै माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

Skip This
Skip This
Logo