काठमाडौं ।
आज बिहान मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ९ बजे मन्त्रिपरिषद् बैठक सुरु भएको थियो ।
प्रधानमन्त्री केपी ओलीले आज बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठक बस्नु अघि मन्त्रिपरिषद् बैठक बसेको हो ।
समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठक विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि प्रधानमन्त्रीले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
सर्वदलीय बैठकबारे नेकपा स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो । यसका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरिरेका छन् ।
यस अघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा कायम रहेको सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ गते पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।





























प्रतिक्रिया