पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखियो

पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । लामो समयदेखि विभिन्न रोगले थलिएका अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए। ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ।

उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ डा. अर्जुन कार्कीको टिमले उपचार गरिरहेको छ । अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं आएका छन् ।

Skip This
Skip This
Logo