काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा सत्तारुढ दल नेकपाले पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेकपा सचिवालयको बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने नेकपाले निर्णय गरेको हो । त्यस्तै २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ । नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न सरकारलाई आग्रह गरेको छ ।





























प्रतिक्रिया