नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।
उनले चुनावमा आफूहरुले गरेका बाचा पूरा नहुँदा सरकारप्रति जनताको दृष्टिकोण फरक आउन थालेको भन्दै यस विषयमा पाटी भित्र छलफल भईरहेको बताए । दुई तिहाईको सरकार हुँदा पनि जनताले अनुभूति गर्ने गरी काम नभएको उनको भनाइ छ ।
पूर्वाधार निर्माण, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा जनताले आफूहरुकै सरकार आयो भन्ने अनुभूत गर्नेगरी आगामी बजेटमा व्यवस्था गर्न प्रधानमन्त्री र आफूबीच कुरा चलिराखेको उनले बताए । साथै उनले चुनावमा गरेका बाचा पूरा गर्ने गरी नयाँ बजेट आउने बताए ।































प्रतिक्रिया