काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि गम्भीर आरोप लागेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी छोरी समेत रहेकी मेयर दाहालमाथि गम्भीर आरोप लागेको हो ।
त्यो आरोप लगाउने अरु कोही नभएर भरतपुर महानगरकी उपमेयर पार्वती शाह हुन । उनले महानगरपालिकामा अनियमितता बढेको बताईन् । अनियमितता, भ्रष्टाचार जस्ता गतिविधि बढ्दा पनि मेयरले कुनै चाँसो नदिएको भन्दै रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि बताइन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले भनिन्, ‘उहाँले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ ।’































प्रतिक्रिया