काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधान बहुमतबाट पारित भएको छ । आईतबार बसेको कांग्रेस महासमिति बैठकले केन्द्रिय समितिमा पठाएको नयाँ विधान बहुमतले पारित गरेको हो ।
आज विहानै ११ बजे बोलाइएको केन्द्रिय समिति बैठक दिउँसो ५ बजेपछि मात्रै सुरु भएको थियो। बिहान नेविसंघले अवरोध गरेपछि बैठक बस्न सकेको थिएन् । दुई पक्षमा विभाजित नेविसंघ कार्यकर्ताहरुबीच नै पार्टी कार्यालय सानेपामा ढुंगा हानाहान भएको थियो । दुवै पक्षलाई तितरवितर पार्ने क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो ।
तनावग्रस्त अवस्थापछि महासमिति बैठक बेलुका पाँच बजेपछि मात्रै बसेको हो । विधानलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण प्रदाद सिटौलासहितका पक्षले विरोध गरेको छ ।
मुख्यतयः महाधिवेशन प्रतिनिधि केन्द्रिय सदस्यहरु स्वतहः बन्न पाउने कि नपाउने भन्नेमा कांग्रेसको केन्द्रिय समितिमा विवाद हुँदै आएको थियो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी बैठकले लोकतान्त्रिक विधी र प्रक्रिया अनुसार महामितिबाट केन्द्रिय समितिमा आएको पार्टीको विधान पारित गरिएको जानकारी दिए ।





























प्रतिक्रिया