सरकार हल्लाउने ७ अपराधिक घटना (भिडियोमा)

सरकार हल्लाउने ७ अपराधिक घटना (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक बर्ष नाघेको छ । यतिबेला ओलीको एक बर्षे कार्यकालको समिक्षा भईरहेको छ ।

त्यसो त प्रधानमन्त्री ओलीले आफ्नो बार्षिक कार्यप्रगति पनि सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्रीले चालु बर्ष कानून निर्माण तथा उद्घाटनको बर्ष हुने र अर्काे बर्षदेखि विकास निर्माणको बर्ष शुरु हुने बताउँदै आएका छन् ।

यसका साथै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ती सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको पनि बताउँदै आएका छन् । तर, विगत एक बर्षमा ओलीको प्राथमिकता विपरित मुलुकमा शान्ती सुव्यवस्था खलबल्याउने थुप्रै घटनाहरु भए जसले सरकारको साँख गिराउन महत्वपूर्ण भूमिका निभायो ।

प्रहरीको तथ्यांक नियाल्ने हो भने पनि आर्थिक बर्ष २०७३र७४ मा भन्दा २०७४र७५ मा अपराधको रेखा ह्वात्तै बढेको देखिन्छ । गत बर्ष भन्दा चालु बर्ष २४ दशमलव ९६ प्रतिशतले बढी अपराधिक घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

Skip This
Skip This
Logo