‘सर्च कमिटी’ टुंग्याएर टीआरसी आयोग गठन गर्ने तीन दलको सहमति

‘सर्च कमिटी’ टुंग्याएर टीआरसी आयोग गठन गर्ने तीन दलको सहमति

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बन्ने भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि (शुक्रबार) बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाएको छ ।

सोही विषयमा छलफल गर्न शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए । बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश वडाल सहभागी थिए ।

Logo