जनताको आवाज सुन्ने भन्दा बोल्ने प्रवृति हावी भयोः नेता नेपाल (भिडियोमा)

जनताको आवाज सुन्ने भन्दा बोल्ने प्रवृति हावी भयोः नेता नेपाल (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल वरिष्ठ नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहिनताका कारण सबै तिर भ्रष्टाचार मौलाउदै गएको बताएका हुन् ।

उनले सरकारी कार्यालयका कर्मचारीहरु पुरा समय कार्यालयमा नहुने, पैसा विना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे । दण्डहिनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उनले रोश प्रकट गरे ।

अमुक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उनले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभुति गर्दै अन्याय,अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताए ।

नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृति मात्रै हावी भएको टिप्पणी गरे । जुनसुकै क्षेत्र र व्यवसायमा देखिएका समस्याहरुलाई राष्ट्रिय समस्याको रुपमा लिदै समयमै सम्बोधन नहुने हो भने त्यसले बिसंगति निम्त्याउने भन्दै उनले जनताको गुनासो तत्काल सुन्न सरकारलाई सचेत गराए ।

कार्यक्रममा व्यवसायीहरुले पटक पटकको ध्यानाकर्षण गराउदा पनि सरकारले आफुहरुका समस्या सम्बोधन नगरेको गुनासो गरेका थिए ।

Logo