प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सुरु भैसक्यो- देउवा

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सुरु भैसक्यो- देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न बहानामा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सुरु भएको भन्दै कानुन बनाएर प्रेसमाथि हस्तक्षप गर्न खोजिएको आरोप लगाएका छन् ।

शनिबार प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सरकारले चिप्ला र ठूला कुरा गर्ने तर काम केही नगर्दा जनता निराश बनेको बताए । उनले २००७ सालदेखि नै लोकतन्त्रको पक्षमा लड्दै आएको कांग्रेस न्याय, समानता र अभिव्यक्ति स्वतन्त्रतामा कसैसित सम्झौता नगर्ने स्पस्ट पारे ।

कार्यक्रममा ३५ हजार रुपैयाँ राशीको प्रेस युनियन पत्रकारिता पुरस्कार पत्रकारद्वय कविर राणा र समीरजंग शाहलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

Logo