काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् ।
आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनका लागि समय लाग्ने बताएका हुन् ।
उनले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्यअनुसार धेरै कामहरू गरिसकेको छ । तर आउनासाथ जादुको छडी कसैसँग छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जेजे समस्याहरू छन् ती चाहिँ सम्बोधन गर्नका लागि समय लाग्ने गर्छ । तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरू हामीले गरिसकेका छौँ । तर कुनै उल्लेखनीय काम मैले जादु नै गरे भन्ने अवस्था चाहिँ छैन ।’
साथै उनले शहरहरू व्यवस्थित गर्नका लागि नीतिनियममा जोड दिनुपर्ने बताए । उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरूमा सुझाव सल्लाह दिन पनि आग्रह गरे । उनले जे काम गरे पनि खुला रूपमा गर्न चाहेको बताए ।





























प्रतिक्रिया